किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान

 

१५ बैशाख,माङ्सेबुङ
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनले मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य २०८१ इलाम २ उप निर्वाचनमा शनिबार आज बिहान ७ बजे इलामको माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गर्नुभएको हो ।

 

 


अङ्सीमाङ तथा अङ्सीमामाङहरुले इलामको माङसेबुङ ५ अवस्थित सरस्वती माबिको मतदान केन्द्रमा मतदान गरि सुरु गरेका हुन् । मतदानमा गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन , शुभनन्द लिङ्देन, इक्सानन्द लिङ्देन,मनाहाङ लिङ्देन, गुरु सुपुत्री थोकफेला लिङ्देन,ममिला लिङ्देनले मतदान केन्द्रमा मतदान गरेका हुन् ।

 

मतदान बिहानको ७ बजेदेखि सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।