काँगेल र महाकुलुङ बिमानस्थलको स्थलगत निरिक्षणका लागि मन्त्री भट्टराई सोलुखुम्बु आउनुहुने

सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री योगेश भट्टराई सोलुखुम्बु आउने भएकाछन् । सोलुखुम्बुमा बन्द अवस्थामा रहेको काँगेल बिमानस्थल र निर्माण हुन लागेको महाकुलुङ विमानस्थलको स्थलगत निरिक्षणका लागि भट्टराई सहितको टोली सोलुखुम्बु आउन लागेको हो ।

यहि कात्तिक २१ गते शुक्रबार भट्टराई सहितको टोली सोलुखुम्बु आउनेछन् । विगत केही समय सञ्चालन भएको थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर २ मा रहेको काङ्गेल बिमानस्थल हाल बन्द रहेको छ भने महाकुलुङ गाउँपालिकाको गुदेलमा महाकुलुङ विमानस्थल निर्माणको प्रक्रियामा रहेको छ ।

महाकुलुङ विमानस्थलको वातावरणीय प्रभाव मुल्यांकन पास भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा रहेको छ ।