महावीर पुनलाई अमेरिकाको दुई मेयरले सम्मान

वैज्ञानिक महावीर पुन अमेरिकामा सम्मानित भएका छन । नेपालमा सूचना प्रविधिको क्षेत्रमा विभिन्न अनुसन्धानमूलक काम गरेको भन्दै उनलाई ओहियो शहरका दुई मेयरले सम्मान गरेका हुन् ।
आफैँ पढेको नेब्रास्का विश्वविद्यालयमा काम परेर उनी करिब दुई महिनाअघि अमेरिका गएका थिए । त्यहाँको बसाइँमा नेपाल आविष्कार केन्द्रले गरिरहेको कामबारे जानकारी दिन उनी विभिन्न कार्यक्रममा सहभागीसमेत भए । उनी आविष्कार केन्द्रका संस्थापक हुन् ।

अमेरिका बसाइँमा आफू २८ वटा राज्यको ५२ शहरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको उनले बताए । महावीर पुन लामो समययता सामाजिक कार्यमा समेत सक्रिय छन् । गाउँगाउँमा इन्टरनेटको पहुँच विस्तार गर्न सघाउ पुर्‍याएका उनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासमा सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले नाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए ।

यो पनि पढ्नुहोस:

काठमाडौं, फिल्म नायिका जेनी कुँवरले देहत्याग गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले देहत्याग गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा देहत्याग गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले कुवँरको देहत्यागको कारण डि’प्रे’स’न भएको जनाएको छ ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डि’प्रे’स’न’मा थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मा’नसिक अवस्था पनि कमजोर भएको थियो ।

पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग ल’फ’डा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । कुँवरले ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । उनले ले मैदान, जीबनदाता, कानून, अभिमन्यूलगायत थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।