८० लाख पैशाको लोभमा राति नै ६ जनाको ह’त्या भएको आशंका

संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या आर्थिक कारणले भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा कार्की परिवारले झापामा ८० लाख बराबरको जग्गा किन्ने तयारी गरेको र बैकबाट रकम निकालेर ल्याएको समेत खुल्न आएकाले त्यो पैसा लुटपाट गर्न आउनेले ह त्या गरेको हो कि भन्ने आशंका गरेको हो ।

यद्यपि आर्थिक पाटो अनुसन्धानको एक पार्ट मात्रै भएको प्रहरीले जनाएको छ । कार्की परिवारको घरमा रकम रहेको आशंकामा डाँका गर्न आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने देखिएपनि प्रहरीले अन्य तबरले पनि अनुसन्धान गरिरहेको छ ।

हत्या भएका तेजबहादुर कार्कीको परिवारले झापामा ८० लाख बराबरको जग्गा किन्ने तयारी गरिरहेको थियो । त्यसका लागि केही रकम बैना समेत गरेको भएपनि घरमा अरु पैसा भए नभएको केही खुलेको छैन ।

हत्या भएका तेजबहादुर कार्कीका दुई छोरा रमेश र नरेश वैदेशिक रोजगारीमा रहेको र उनीहरुले पठाएको पैसाले जग्गा किन्न लागेको खुलेको छ । रमेश मलेसियामा छन् भने नरेश दुबईमा छन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण विसीले प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘जिल्ला प्रहरी कार्यालयको प्रमुख नै घट्ना स्थल पुगेका छन् धरानबाट थप टोली पुगेको छ आर्थिक लगायतको अन्य पाटोमा पनि अनुसन्धान भैरहेको छ अहिले नै यही भएको हो भन्ने अवस्था छैन’, डिआइजी विसीले भने । मृतक परिवारको कसैसँग पनि खास दुश्मनी नरहेको प्रहरीलाई सथनीय बासिन्दाहरुले जानकारी गराएका छन् ।

सोमबार नै मृतक कार्कीका भाई तिलक कार्की पनि घट्नास्थल पुगिसकेका छन् । प्रहरीले घटनास्थल सुरक्षित गरेर राखेकोले अहिलेसम्म कसैलाई पनि घरमा प्रवेश गर्न दिएको छैन । ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनामा जीवित रहेका ९० वर्षीय वृद्ध बौद्धमान कार्कीले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन् । हत्याराले वृद्ध बौद्धमानलाई मात्रै छाडेका थिए ।

https://www.facebook.com/watch/?ref=external&v=365627728438150