पत्रकारहरुलाई दुर्व्यवहार र अपमान गरेको भन्दै क्यामेरा डाउन

काठमाडौं चार दिनदेखि जारी नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा फोटो पत्रकार र टेलिभिजनका क्यामेराम्यानलाई प्रहरी लगाएर अपमान गरिएको छ। सभापति शेरबहादुर देउवा मतदान केन्द्रमा आउँदै गर्दा प्रहरी लगाएर फोटो र भिडियो खिच्न नदिएपछि विवाद भएको हो।

त्यसक्रममा एकजना प्रहरी नायव उपरीक्षकले पत्रकारहरुलाई दुर्व्यवहार गर्न खोजेका थिए। त्यसपछि पत्रकारलाई अपमान गरेको भन्दै क्यामेरा डाउन गरिएको हो। मिडिया सेन्टरका संयोजक एवम् पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले विरोध रोक्न आग्रह गरेका थिए। तर लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक व्यवहार गरिएको भन्दै फोटो/भिडिओ पत्रकार आन्दोलित भएका हुन्।

नेपाली कांग्रेसको महाधिवेशनमा कहिल्यै नभएको घटना भएको छ । महाधिवेशनमा पुगेका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरी र निर्वाचन समितिका सदस्यले दु’र्व्यवहार गरेको आरोप लगाउँदै फोटो पत्रकारहरुले क्यामेरा भुइँमा राखेर आन्दोलन सुरु गरेका छन् ।

महाधिवेशनमै पत्रकारहरु यसरी विरोधमा उत्रिएको सम्भवत पहिलो घटना हो । कुनै राजनीतिक दलको सबैभन्दा ठूला कार्यक्रममा पत्रकारहरुले कार्यक्रम स्थलमै आन्दोलन गर्नुपरेपछि सबैको ध्यान आकर्षित भएको छ ।

सोमवार फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्। साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका हुन् । उनीहरुले दु ब्र्य वहार समेत गरेका थिए।

प्रहरीले केही फोटो पत्रकारलाई लछारपछारसमेत गरेको छ। उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्। फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन्। त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन्।

अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन्। उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।