‘पे स्तोल बिक्री’ गर्न नेपाल आएका दुई भारतीय नागरिक पक्राउ

सुनसरीबाट दुई थान अटोमेटिक पे स्तोल सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बी.एस. होटलबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ का २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ का वर्ष ३५ का विद्यानन्द राम रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले दुई थान अटोमेटिक पे स्तो ल, तीन राउन्ड गो ली र चार थान म्या ग जि न ब रामद गरेको छ ।

ब रामद ह तियारसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकलसमेत बरामद गरेको बताएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाले सुराकीका आधारमा होटलमा छा पा मार्दा ह तियार सहित भारतीय नागरिकलाई पक्राउ गरेको बताए ।

सोधपुछका क्रममा भारतीय नागरिकले आफूहरू पे स्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताए । पछिल्लो घटनाक्रमसँगै हा त हति यारको कारोबारमा ठूलै गि रोहको संलग्नता रहेको हुन सक्ने आ शङ्का सुनसरी प्रहरीले गरेको छ ।

सुनसरी प्रहरीले ह तियारसहित पक्राउ परेका भारतीय नागरिकको हकमा हा तहति यार तथा ख रखजा ना मु द्दामा कारबाहीको प्रक्रिया अघि बढाइएको बताएको छ ।