सेवा र सुविधाबाट समृद्ध पालिका बनाउन माप्यमा चन्द्र बहादुर अध्यक्ष र गौरब उपाध्यक्ष पदका लागी दिए उम्मेदवार

माप्य दुधकोशी गाँउपालिका सोलुखुम्वुको गठबन्धन तर्फबाट स्थानीय चुनावका लागि चन्द्र बहादुर राई अध्यक्ष र गौरब राईलाई उपाध्यक्ष पदका उम्मेदवार तयार गरेका छन् ।

अध्यक्ष पदमा उम्मेद्वारी दिएका राई नेपाली काँग्रेस, प्रदेश सभा ख क्षेत्रीय कार्यसमितिका सचिवमा रहेर सक्रिय रुपमा पार्टीमा काम गर्दै आएका उनी किरात खालिङ राई उत्थान संघ, केन्द्रीय कार्यसमितिका पुर्व उपसचिव तथा काँकु समावेशी विकास समिति काठमाडौंका अध्यक्ष समेत हुन् । भने उपाध्यक्ष पदमाका उम्मेद्वार राई विगतदेखि नै सामाजिक रुपमा मात्र नभएर नेकपा (माओवादी) केन्द्रको विभिन्न ओेहोदामा रहेर सक्रिय रुपमा पार्टीमा काम गर्दै आएका छन् । यसर्थ विभिन्न क्षेत्रमा अनुभव संगाल्दै आएका द्वयले सेवा र सुविधाबाट समृद्ध गाउँपालिका बनाउन पालिकाको नेतृत्वमा उम्मेद्वारी दिएको बताएका छन् ।

अध्यक्ष पदका उम्मेद्वार राईले शिखरसन्देशसँगै कुराकानी गर्दै भने – “‘समृद्ध माप्य दुधकोसी गाउँपालिका बनाउने महाअभियानमा बाँकी रहेका आमजनताहरुको आकांक्षालाई जनताहरुको भावनालाई सम्मान गर्दै पुरा गर्न, आम गाउँपालिकावासीसामु उभिएको छु । विश्वास गर्नुस विकास, निर्माण, जनसेवा सहित सम्पुर्ण रुपमा पालिकालाई १ नं. बनाउनेछु ।”