सानोबजार ब्यबसायी समुह को नौ औं अधिबेशन बाट बद्री खतिवडाको अध्यक्षतामा १० सदस्यीय कार्यसमिती गठन

साउन २१,काठमाडौं                                   बद्री खतिवडाको  अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिती निर्वाचित भएका छन। सानोबजार ब्यबसायी समूह जोरपाटी को ९औं अधिबेशनमा उक्त समिती चयन भएको हो।

अध्यक्षमा बद्री खतिवडा ,उपाध्यक्ष हरिभक्त चौलागाईं,सचिव बिष्णु ढकाल,
सह सचिव दिनेश राउत,
कोषाध्यक्ष रिता पोख्रेल,
सदस्यहरुमा कुल बिक्रम कार्की (नवराज), कमल कार्की,गोमा सुवेदी,कृष्णमाया भट्टराई,गंगा खतिवडा सर्वसम्मतीबाट चयन भएका हुन। १ जना सदस्य भने पछि मनोनित गरिने भएको छ।

पाँच सदस्यीय निर्वाचन मण्डलीद्वारा उक्त नव गठित समितिको घोषणा गरि प्रमाणपत्र बितरण,सपथ ग्रहण साथै खदा अबिरले बधाई दिएका थिए ।

बल ब: तामाङ को अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन मण्डल हरुमा
याम धिताल,सुरेन्द्र गौतम,मन्जु कार्की र अधिवक्ता दिपेन्द्र थापा रहेका थिए ।                                   ब्यबसायीहरुको हकहित र दीर्घकालीन स्थायित्वको लागि स्थानिय सरकार सँग दरिलो माग राख्न सक्ने नेतृत्व क्षमता भएकोले नै ब्यबसायीहरुको सर्वसम्मतीले यसपटक गरि ४औं पटक  खतिवडालाई अध्यक्षमा चयन गरिएको हो।


प्रदेश ३ का प्रतिनिधि सभा सदस्य,नेकपा एमाले पोलिट्ब्युरो सदस्य साथै सानोबजार ब्यबसायी समूह का प्रमुख संरक्षक कृष्ण राईको प्रमुख आतिथ्यतामा उक्त औपचारिक कार्यक्रम सम्पन्न भएको हो। त्यसैगरी गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा,गोकर्णेश्वर नगरपालिका ६ न: वडाका कार्यबाहक अध्यक्ष बच्चुराम शर्मा,नेकपा एमाले क्षेत्रीय संयोजक उद्वब भण्डारी,नेकपा एमाले गोकर्णेश्वर नगरकमिटी अध्यक्ष उद्वव बिष्ट,अधिवक्ता दिपेन्द्र थापा,नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शान्ती श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका कार्यकर्ता हरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

सानोबजारको प्रांगणमा खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणको कार्यक्रम आयोजना गरिएको थियो।
बि.संः २०५८ सालदेखि औपचारिक रुपमा ब्यबसाय सुरु भएको उक्त स्थानमा १५८ स्टल हरु रहेका छन।

बौद्ध सडकखण्ड अन्तर्गत पर्ने जोरपाटी चोक संगै जोडिएको उक्त सानोबजारमा करिब दुई दशकदेखि निरन्तर रुपमा ब्यबसाय सन्चालन हुँदै आएको छ।

जुत्ता चप्पल,लत्ताकपडा,फेन्सी वेयर,फलफुल,चमेना गृह,मासु तथा फलफुल पसल,मोबाइल पसल,बिधुतिय सामाग्रीहरुको पसल सन्चालनमा छन।
१५८ स्टलमा करिब एक हजार बढी परिवार लाभान्वित भएका छन।                            कार्यक्रममा देखिएका झलकहरु                                            भिडियोमा