थुलुङ दुशकोशी गाउँपालिकाले काठमाडौं बस्ने आफ्नो नागरिकसंग छलफल तथा अन्तरक्रिया सम्पन्न

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीको आयोजनामा मुक्ली स्थायी घर भई हाल काठमाण्डौँमा बसोबास गर्दै आएका बिभिन्न क्षेत्रमा क्रियाशिल आफ्ना नागरिकहरुसंग बिबिध बिषयमा छलफल तथा अन्र्तक्रिया गरेको छ ।

आज काठमाण्डौँको सुकेधारा स्थित एक क्याफेमा गाउँपालिकाका जनप्रतिनिधि तथा राजधानीमा बसोबास गर्ने आफ्ना नागरिकहरुबीच बजार व्यवस्थापन,व्यवसायीक प्रयोगमा समेत मिल्ने वस्ती (भवन) निर्माण एवं विस्तार र शैक्षिक सुधार लगायतको बिषयमा छलफल गरेको वडा अध्यक्ष महेन्द्रदीप राईले जानकारी दिनुभयो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष असीम राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

त्यस्तै कार्यक्रममा विशिस्ट अतिथी संविधान सभा सभासद गोकर्ण राई,नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति विनोद कुमार बस्नेत, समाजसेवी एबम् व्यबसायी बलराम गुरुङ,जीवन गुरुङ ,शाखा अधिकृत दिनेश कुमार राई, नि.प्रमुख प्रशासकीय अधिकृत खरिधन राई,कार्यपालिका सदस्य बुद्दिराज राई,नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिकाका सभापति भक्त ब. गुरुङ , माओवादी केन्द्रका पालिका काठमाण्डौँ सम्पर्क समितिका अध्यक्ष बिनोदमणी राई,मुक्ली काठमाण्डौँ सेवा समाजका अध्यक्ष धनकुमार राई ,श्रमिक संघ केन्द्रिय उपाध्यक्ष दुर्गा नौबाघ लगायत काठमाण्डौँमा बस्ने वडाबासिको उपस्थिती रहेको थियो। कार्यक्रम वडा अध्यक्ष महेन्द्रदीप राईको अध्यक्षतामा सम्पन्न भएको हो ।