हिन्दु,बौद्व र किरात एकैसाथ मिलि बिश्वशान्ती महायज्ञ सुरु,फागुन २६ सम्म चल्ने

•राजेन्द्र केरुङ 

 

फागुन १९, काठमाडौँ

काठमाडौँमा पहिलो पटक ३ वटा प्रमुख धर्महरु हिन्दु,बौद्व र किरात एकताको शन्देश सहित  बिश्वशान्ती महायज्ञ सुरु भएको छ।
फागुन १९ देखि २६ सम्म चल्ने साप्ताहिक महायज्ञको पहिलो दिन आज भब्य कलश यात्रा सहित सुरु भएको हो।
हिन्दु वैदिक विधि अनुसार संकल्प गरिएको थियो भने बौद्व र किरातले आफ्नो धार्मिक विधि अनुसार सेवा प्रारम्भ गरि शुरु गरिएको कलश यात्राले पशुपति मन्दिर परिक्रमा गरेको थियो।

 

सनातनी धर्महरु सहिष्णुता र एकताको शन्देश छर्न महारुद्र परिवारको प्रमुख आयोजनामा पहिलो पटक पशुपत क्षेत्रमा यस्तो महायज्ञ गर्न लागिएको गुरु खगेन्द्र पोख्रेलले बताउनुभयो।

 


फागुन १९ गते बिहान किरात मुन्धुम अनुसार कुसाङ् सेमा अर्थात यो शुन्यता ,पन्चतत्व,प्रकृति,मुन्धुम बेद लाई पुज्दै सेवा पुजा अवधीभर कुनै अनिष्ट नहोस भनेर माङसँग  आराधना गरिएको थियो।

त्यसपछि क्रमश फागुन २० गते गुह्येश्वरी नदिमा साक्मुरा वादेम्म्मा (गालिश्राप बहन्ती) गरिनेछ ।
त्यसपछी सुम्निसा युमा हिममाङ र थेबा को पुजा पाठ, कुदाप कुई देबि देउरालीको पुजा गर्दै मुख्य इष्टदेवि युमा,हिममाङ र थेबा को सेवा (येकुदिङ साङ्भे)मा पुजा गरिनेछ ।


त्यसपछि क्रमश येत नाम्धुङ लाधुङसेमी सेवा गरिनेछ।
क्रमशः २५ गते सम्म  बिहान र बेलुका दैनिक २ प्रहर निरन्तर येत नाम्धुङ लाधुङ सेमी,१०८ दिप जलन,लाख बत्ती जलन सहित चरु हवन गरिनेछ।
२६ गते बिहान कुयाम सेमा गरि बिधिवत महायज्ञ बिसर्जन हुनेछ।
किरात धर्मको तर्फबाट  किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको समिती र  पुर्वबाट आमन्त्रित ८ जना बढी  किरात माङसेवासाबा हरु बाट बिशेष मुन्धुम बाचन हुनेछ।


बिश्वशान्ती तथा मानव एकता को शंखघोष गर्ने  किरात धर्मले चराचर शृष्टीजगत,प्रकृतिको रक्षार्थ मुन्धुम अनुसार निरन्तर भक्ती अनुष्ठान गर्ने गरेको छ।