प्रतिनिधि सभा सदस्य मा सुहाङ नेम्बाङ बिजयी

बैशाख १८,इलाम

इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन ।
२७ हजार ७ सय ७२ मत प्राप्त गर्दै बिजयी भएका सुहाङ प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का लाई ५ हजार ३० मतले उछिन्दै बिजयी बनेका हुन।
उपबिजेता बनेका कांग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन ।
यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेर तेश्रो स्थान हासिल गरे भने  रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मतमा चित्त बुझाउनुपर्यो ।

६९ हजार ३ सय ७४ मत गणना भएकोमा ९सय २ मत बदर भएको थियो।
जस्मध्ये २७ हजार ७ सय ७२ मतले सुहाङ बिजयी बनेका हुन।
कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेको थियो।

इलाम -२ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा १९ जना उम्मेद्वार प्रतिश्पर्धामा थिए ।
नेकपा एमाले बाट सुहाङ नेम्बाङ,नेपाली कांग्रेस बाट डम्बर खड्का , रास्वपा मिलन लिम्बू  र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम (लिम्बू) बढी नै चर्चामा थिए ।

मंगोल न्याशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राई रहेका थिए।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीतबहादुर राई, नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, न्याशनल रिपब्लिक नेपालका धनराज राना गमर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह उम्मेदवार थिए।

यस्तै, अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

१२ राजनीतिक दल र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार  प्रतिष्पर्धामा थिए।
इलाम २ मा ३ नगरपालिका र ३ गाउँपालिका गरि  ६ स्थानीय तहका ४२ वडा रहेका छन।

इलाम नगरपालिकामा ११ वटा वडा,
देउमाई नगरपालिकामा नौ, माई नगरपालिकामा तीन , फाकफोकथुम गाउँपालिकामा ७,चुलाचुलीमा ६ र माङ्सेबुङमा ६ वडाहरु रहेका छन।

माई नगरपालिकाका तीन वडामा आठ हजार ९६ मतदाता छन्। देउमाईमा २६ हजार ३६५, फाकफोकथुममा १६ हजार ३०२, माङसेबुङमा १२ हजार ५३६ र चुलाचुलीमा १८ हजार ५४५ मतदाता छन्। जसमा पुरुष ५९ हजार १८, महिला ५६ हजार ८६९ र तेस्रोलिंगी दुई गरी जम्मा एक लाख १५ हजार ८८९ मतदाता छन्।

यस्पटक हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि  हुने उपनिर्वाचनमा १९ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

नेकपा एमाले बाट सुहाङ नेम्बाङ,नेपाली कांग्रेस बाट डम्बर खड्का , रास्वपा मिलन लिम्बू  र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम (लिम्बू) बढी नै चर्चामा छन  भने प्रतिस्पर्धा पनि यी ४ जना उम्मेदवार मै कडा देखिन्छ।
मंगोल न्याशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राई रहेका छन ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीतबहादुर राई, नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, न्याशनल रिपब्लिक नेपालका धनराज राना गमर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह उम्मेदवार छन्।

यस्तै, अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।