एमालेको बिजयजुलुश बाट फर्केको पिकअप दुर्घटना १५बढी यात्रु घाईते

१८ बैशाख इलाम

 

एमालेले आयोजना  गरेको इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउमा दुर्घटना भएको छ।

दुर्घटनामा १५ जनाजति घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्म्भीरसमेत रहेको एमालेका युवा नेता दिनेश ढकालले बताए । को २ च ४४७ नबरको पिकअप इक्सा होटलको गोलाईमा पल्टिएर दुर्घटना भएको उनले जानकारी दिएका छन् ।

 

प्रहरीका अनुसार घाइतेको नामावली

१) जिल्ला इलाम इलाम न.पा ५ बस्ने वर्ष ३६ की तुलसा ढकाल, बाहिरी चोट नदेखिएको शरीरको भित्री भागमा दुखेको, अवस्था सामान्य

२) ऐ.ऐ. बस्ने वर्ष ६२ को रामचन्द्र खनाल निधारमा चोट, अवस्था सामान्य

३) ऐ.ऐ. बस्ने ४२ की राधिका खनाल शरीरको विभिन्न अंगमा चोट, अवस्था सामान्य

४) ऐ.ऐ. बस्ने वर्ष ६६ को नेखनाथ खनाल छातिमा चोट, अवस्था सामान्य

५) ऐ. ऐ. बस्ने वर्ष ३६ की दुर्गादेवीघिमिरे टाउको चोट अवस्था बोल्न सक्ने सामान्य

६) ऐ.ऐ. बस्ने वर्ष ३८ की दीक्षा आचार्य, देब्रे खुट्टामा चोट, अवस्था सामान्य

७) ऐ.ऐ. बस्ने वर्ष ४८ को कृष्ण घिमिरे देब्रे हातमा र खुट्टामा चोट, अवस्था सामान्य

८) ऐ.ऐ. बस्ने वर्ष ३५ की लीलादेवी चापागाईं देब्रे हातमा चोट, अवस्था मध्यम ऐ. थप उपचारका लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर

९) ऐ.ऐ. बस्ने वर्ष ६६ को नगप्रसाद तिवारी देब्रे हात र खुट्टामा चोट, अवस्था सामान्य

१०) ऐ.ऐ. बस्ने वर्ष ६८ को वासुदेव खनाल नाक र छातीमा भित्री चोट अवस्था गम्भीर, ऐ. थप उपचारका लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर

११) ऐ.ऐ.बस्ने वर्ष १५ की अन्जु बजगाईं, देब्रे खुट्टामा चोट, अवस्था सामान्य

१२) ऐ.ऐ. बस्ने वर्ष २० की निरुता ढकाल, देब्रे हातमा चोट, अवस्था सामान्य

१३) ऐ. ४ बस्ने वर्ष ५० को प्रकाश सोङ्मीको देब्रे हातमा चोट, अवस्था सामान्य

१४) ऐ.ऐ. बस्ने वर्ष ५३ को वेदप्रसाद रिजाल, दाहिने हातमा चोट, अवस्था सामान्य

१५) ऐ.ऐ. बस्ने वर्ष ७५ की लक्ष्मि आचार्य, देब्रे हात र टाउकोमा चोट, अवस्था सामान्य

१६) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५७ को सूर्यप्रसाद दुलाल, घाँटीमा भित्री चोट, अवस्था गम्भीर, थप उपचारको लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर

१७) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५० की लक्ष्मी दुलाल, घाटीमा चोट, अवस्था सामान्य

१८) ऐ.ऐ. बस्ने वर्ष २० की प्रति ढुङ्गाना टाउकोमा चोट, अवस्था मध्यम बोल्न सक्ने

१९) जिल्ला इलाम सन्दकपुर गा.पा १ बस्ने वर्ष ४० को रमेश राईको देब्रे पाखुरामा चोट अवस्था सामान्य