आफ्नै साथीले दुई दिन राखेर श्रीमती फर्काइदिए,फेरी गायब श्रीमती

काठमाडौं- सामाजिक सञ्जाल युटयुवमा आजभोली पारिवारिक विषय धेरै आउने गरेका छन् । परिवारमा भएका विवादका कुराहरु सुनाउन पनि युट्युवर खोज्ने परम्पराले पारिवारिक कुराहरु सामाजिक सञ्जालमा धेरै आउन थालेका छन् ।

आफुले माया गरेर विवाह गरेकी श्रीमती आफ्नै साथीले लिएर गएको भन्दै एक युवक रुँदै मिडियामा आएका छन् । उनीहरुका छोराछोरी पनि छन् । उनी युट्युवर मार्फत आफ्नो श्रीमतीलाई एक पटक आफ्ना लागि सम्पर्कमा आउन र उनको जे चाहना छ त्यो सुनाएर जान सन्देश दिएका छन् ।

सुभाष दर्जी नाम गरेका पुरुषले आफ्नो श्रीमती एक महिना देखि हराएको र खोजीमा सहयोग गरिदिनु भनेर आग्रह गरेका छन् । उनी झापा बाह्रदशीका उनी अहिले श्रीमती खोज्दै ससुराली पुगेका छन् । श्रीमती देवी दर्जी सम्पर्क विहिन भएको भन्दै उनी खोज्दै हिडेका छन् ।