मुख्य खवर

आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : जगमान गुरुङ



काठमाडौं, राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? गणतन्त्र दिवस मनाउँछन् नि ।

यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ,’ उनले भने । उनले छिमेकी राष्ट्र भारतमा पनि नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कियो भनेर चर्चा भइरहेको उल्लेख पनि गरे । ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आयो भनिरहेका छन् ।

पूर्व सेनाध्यक्षको अन्तर्वार्ता छ्यापछ्याप्ती आएको छ,’ गुरुङले भने, ‘असम्भव छैन । भारतमा अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको मुद्रदा पूजाकोठामा राखेर यन्त्रको रुपमा पूजापाठ हुने गरेको उनले सुनाए ।

प्रकाशित : ६ बैशाख २०८२, शनिबार ००:००