खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका मनाउँदै

काठमाडौं,दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको […]

Continue Reading

राष्ट्रपति समक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन प्रस्तुत भएकाे छ । निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवनमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो । राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र राष्ट्रिय महिला आयोगकी अध्यक्ष […]

Continue Reading

पूर्व–पश्चिम राजमार्गको सडकखण्ड विस्तारको काम ठप्प,सडक क्षेत्रमै फल्यो धान

काठमाडाैँ, पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम यतिबेला ठप्प भएकाे छ । विस्तारको काम रोकिएपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं.५ मा पर्ने सडक क्षेत्रका खाल्डामा धान फलेको देखिन्छ । गत असारदेखि नै नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नेपालीहरुका प्रमुख चाडब दशैं–तिहारका बेलामा पनि साँघुरो र खाल्डाखुल्डी सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता […]

Continue Reading

हरेक वर्ष १ करोड ८० लाख मानिसकाे हृदयघातका कारण मृत्यु

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी मृत्यु मुटुरोगका कारण हुने गरेको छ । हरेक वर्ष करिब एक करोड ८० लाख मानिसले हृदयघात वा स्ट्रोकका कारण ज्यान गुमाइरहेका छन् । यसका पछाडि धेरै कारण छन् । हृदयघातको जोखिम कारकहरूमा धुम्रपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, निष्क्रिय जीवनशैली, हृदयरोगको पारिवारिक इतिहास र बढ्दो उमेर हुन् […]

Continue Reading

दसैँ घरमा विधिवत् राखियो जमरा

काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १६ मिनेटको साइतमा जौको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको […]

Continue Reading

समितिले सोधेका ५१ वटा प्रश्नको रवि लामिछानेकाे जवाफ

काठमाडौं, सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको र सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पृष्ठलामो पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानको बयान पनि उल्लेख छ । बयानमा रविले आफुलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै […]

Continue Reading

एनसेलविरुद्धको रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ। शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट निवदेनलाई अग्राधिकार दिँदै पूर्ण सुनुवाइको लागि पेस गर्न आदेश गरिएकाे हो। २०८० मंसिर २२ मा प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गरेका थिए। यो मुद्दामा पेसी चढेपछि […]

Continue Reading

मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगायाे

काठमाडाैँ धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिएका छन […]

Continue Reading

नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी

विराटनगर, नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका […]

Continue Reading

बागलुङमा गाडी दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा सहित तीन जनाको मृत्यु

काठमाडौं, बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए । बागलुङका प्रमुख […]

Continue Reading