मुख्य खवर

संविधान दिवसको अवसरमा सरसफाई तथा बिरामी र कैदीबन्दीहरुलाइ फलफूल वितरण



सोलुखुम्बु,संविधान दिवसको अवसरमा नेपाली कांग्रेसद्वारा सोलुखुम्बुमा सरसफाई तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज संविधान दिवस तथा राष्ट्रिय एकता दिवसकोे अवसरमा नेपाली कांग्रेस सोलुखुम्बुले उक्त कार्यक्रम गरेको हो ।

देशमा संविधान जारी भएको र लोकतन्त्रलाइ सुढृद बनाउने नेपाली कागे्रसका नेता तथा समर्थकहरुद्धारा सदरमुकाम सल्लेरी बजारमा सरसफाई गरेका छन् । सल्लेरी बजारका मुख्य सडक, सार्वजनिक स्थल तथा फोहोर जम्मा भएको ठाउँहरू सफा गरी नगरलाई सफा र सुन्दर बनाउन योगदान गरिएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

यस्तै, नेपाली कांग्रेस सोलुखुम्बुले सविधान दिवसको अवसरमा आज जिल्ला अस्पताल, फाप्लु र जिल्ला कारागारमा रहेका बिरामी र कैदीबन्दीहरुलाइ फलफूल वितरण समेत गरेको छ । संविधान दिवसलाई जनताको स्वास्थ्य, सरसफाई र आपसी सद्भावसहित मनाउन गरिएको यस कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार ००:००