गृह पृष्ठ

आज र भोलि कक्षा १२ को मौका परीक्षा हुने


७ आश्विन २०८२, मंगलबार ००:००


काठमाडौं,कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन बिहान ११ बजे सञ्चालन गरिनेछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी(००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय,दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ ।

तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ । यस्तै बुधबार दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ ।

यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बनेपछि स्थगित भएको थियो ।

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार ००:००