गृह पृष्ठ

सुरुङमार्ग सञ्चालन गर्ने बलम्बुको फ्लाईओभर परीक्षण


९ आश्विन २०८२, बिहिबार ००:००


काठमाडौँ, दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ ।

यो फ्लाईओभर ४८ घण्टामा परीक्षण सकिनेछ । मुख्य सुरुङको परीक्षण भइसक्यो । अब फ्लाइओभरको परीक्षण हुँदै छ,’ पन्थीले भने, शनिबारसम्म फ्लाइओभरको परीक्षण सकिन्छ । साथै दसैँका लागि खुला गर्ने तयारी भए पनि अहिले परीक्षणकै क्रममा रहेकाले कहिले देखि सवारी चल्न दिने भन्नेबारे टुङ्गो नभएको बताए ।

साथै सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र समाधानका लागि काम भइरहेको पनि उनले बताए । गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उक्त सुरुङ दसैँमा सञ्चालन गर्न निर्देशन दिएका थिए ।

साथै सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबिच छलफल पनि भइरहेको छ । दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ ।

प्रकाशित : ९ आश्विन २०८२, बिहिबार ००:००