जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुत्ला दहन गरिएको छ। बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुत्ला दहन गरेका छन्। मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन्। चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखिएकोमा उनीहरूले…