फुपुको ब’दला लिन भागरथीको ह’त्या गरेको दिनेश भट्टको बयान

काठमाडौं,बैतडीको दोगडाकेदार गा’उँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको ब’ला’त्कार पछि ह’त्या आ’रोपमा क्राउ परेका दिनेश भट्ट घ’टनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएका थिए ।

भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा । तर माघ २१ गते दिनेश २ कक्षा छाडेर ह’त्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रा’रम्भिक अ’नुसन्धानले देखाएको छ ।

सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरु बताउँछन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।

उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृ’त अवस्थामा फे’ला परेकी थिइन् । मेडिकल रि’पोर्टमा भने उनको ब’ला’त्कार पछि ह’त्या भएको प्रहरीले बताउँदै आएको छ । तर ह’त्या स्वी’कार गरेका दिनेशले आफूले ब’ला’त्कार नगरेको ब’यान दिएको स्रोत बताउँछ ।

घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ । अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई प’क्राउ गरेको हो । उनलाई अ’भियुक्तको रुपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ । प’क्राउपछि दिनेशको भनाइलाई उ’द्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ ।

भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बे’होस भइन् अनि घाँ’टी थि’चेर मा’रेँ । उनले आफूले फुपुको ब’दला लिन ह’त्या गरेको बताएको प्रहरी स्रोत बताउँछ ।

आफूले पहिल्यै मा’र्न चाहेको भए पनि नमिलेको उनले प्रहरीसमक्ष ब’यान दिएको स्रोत बताउँछ । उनले भागरथीलाई ल’डाएर बे’होस बनाएपछि ब’लात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । ब’ला’त्कारको प्रयास गरेको तर नगरेको ब’यान दिएको प्रहरीले स्रोतले जानकारी दियो ।

ह’त्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन् । त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए । भागरथी ह’त्या नुसन्धानमा के’न्द्रीय अ’नुसन्धान ब्यु’रो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको थियो ।