इटहरीबाट ५६ बण्डल पटकासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ८ पुष्पलाल चौकस्थित पूर्वी गैसार जानेबाटोको भित्री सडक खण्डमा प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु ल्याउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा चारजनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी १३ बस्ने ३० बर्षीय रञ्जित सरदार (अटो चालक), इटहरी १२…