जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी

काठमाडौं,जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गरेका छन्। आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहरू सिंहदरबारभित्रै पसेका छन्। प्रहरीहरु पनि हतियार छोडेर सादा पोशाकमा बाहिर निस्किएका छन्। जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेका थिए। उनीहरू गेटभित्र रहेको बगैचासम्म पुगेका थिए। बाहिर निकालिएका प्रदर्शनकारी पुनस् भित्र प्रवेशको लागि प्रयास गरिरहेका छन्।…