चितवन चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवर (काजी बा)को मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका कुँवरको ९५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पछिल्लो समयमा निमोनियासमेत भएको थियो । २०११ सालदेखि कम्युनिष्ट पार्टीमा…