मीनभवनस्थित यातायात व्यवस्था विभाग खरानीको मुस्लोसँगै आकाशमा विलीन

काठमाडौँ, वर्षौँदेखि स्मार्ट लाइसेन्स कार्डको सपना बोकेर धाउनेहरूको लामो लाइन लाग्ने मीनभवनस्थित यातायात व्यवस्था विभाग आज एउटा भग्नावशेषमा परीणत भएको छ । आइतबार विभागको कार्यालय अगाडि भविष्यको रङ्गिन कल्पना बुनिरहेका लोकेन्द्र सिंजाली मगर जलेको भवनको अगाडि एक मूर्तिझैँ उभिएका थिए । साउदी अरब पुगेर आफ्नो भविष्य खोज्ने उनको सपना खरानीको मुस्लोसँगै आकाशमा विलीन भएको थियो…