स्याङ्जा, समस्याको विषय बन्दै आएका छाडा चौपायाको व्यवस्थापनका लागि वालिङमा गौशाला सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रित सहयोग एकाइ पोखराको रु १५ लाख र वालिङ नगरपालिकाको रु १५ लाख गरी रु ३० लाखको लागतमा वालिङ नगरपालिका–८ र १० मा पर्ने घ्वाङ्खोला सामुदायिक वनको गौचरन क्षेत्रमा स्वार्गाश्रमा गौशाला निर्माण…