गुजरातको काेराेना अस्पतालमा आगलागी, ५ बिरामीको मृत्यु

एजेन्सी, भारतको गुजरातमा पर्ने राजकोट जिल्लास्थित एक काेराेना विशेष अस्पतालमा आगलागी भएको छ । बिहीबार राति भएकाे आगलागीमा परी कम्तीमा ५ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृतक सबै कोरोना संक्रमित बिरामी रहेकाे बताइएकाे छ । दैनिक भास्करका अनुसार उक्त आगलागीकाे घटना बंगला चौराहाको नजिकै रहेकाे उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा भएको…