सगरमाथाबाट प्राप्त हुने रोयल्टी बाँडफाँड गरिनुपर्ने अध्यक्ष राईकाे माग

काठमाडौं,सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले सगरमाथाबाट प्राप्त हुने रोयल्टी जिल्लाका थुलुङ दुधकोशी,नेचासल्यान र लिखुपिके गाउँपालिकालाई पनि बाँडफाँड गरिनुपर्ने माग गरेका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई आइतबार सुझाव पेश गर्दै अध्यक्ष राईले सगरमाथाको आधारभूत पूर्वाधार,आवागमन,पर्यटक व्यवस्थापन आदिको प्रभाव परोक्ष रूपमा उल्लेखित तीन पालिकामा समेत पर्ने भएका कारण सिमाना नजोडिएकै कारण रोयल्टी…