सोलुखुम्बु : संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेस भट्टराईले महाकुलुङ विमानस्थलको डिपिआर चाडै निर्माण हुने बताउँनुभयो । काँगेलडाँडा बिमानस्थलको स्थलगत अध्ययनपछि महाकुलुङमा निर्माण हुन लागेको विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक बर्षको बजेटमा महाकुलुङ विमानस्थललाई समाबेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले महाकुलुङ विमानस्थललाई तेञ्जिङ हिलारी बिमानस्थलको बिकल्पको रुपमा लिन सकिने बताउँनुभयो…