काठमाडौं, हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोट्र्स अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए । यो अवार्डका लागि उनीसँगै क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई,…