अस्पतालले गेटबाटै फर्काएपछि, निजीमा लैजाने पैसा नहुँदा गर्भवतीको मृत्यु

विराटनगर, प्रसूति व्यथाले च्यापेकी विराटनगर महानगरपालिका-६ की ३० वर्षीया विमला ऋषिदेवलाई आफन्तले बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल ल्याए । प्रसव पीडामा रहेकी उनलाई अस्पतालले भर्ना गर्न मानेन । उनीहरुसँग निजी अस्पताल लैजान खर्च थिएन । मध्यरातमा खर्च जोहो गर्दागर्दै बच्चा जन्माउन नसक्दा विमलाको ज्यान गएको छ । सुकुमबासी टोलमा बस्दै आएकी विमलाको परिवारसँग…