सोलुखुम्बु-जिमी राई उत्थान समाज सोलुको केन्द्रीय र स्थानीय समितिको संयुक्त टोलीले थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलाई मागपत्र बुझाएको छ । गाउँपालिकामा भएका विकास निर्माणहरुको स्थलगत अध्ययन अवलोकन भ्रमण गर्ने उद्देश्यसहित आएको टोलीले जिल्लाको सदरमुकाम सल्लेरीमा समाजद्धारा निर्माणाधिन अवस्थामा रहेको संग्रहालयसहितको बहुद्देश्यीय भवनमा सहयोग गर्नका लागि सो मागपत्र बुझाएको हो । समाजका अध्यक्ष यसबहादुर राई…