राज्य पक्षका मान्छेहरू सकेसम्म प्रदेश–१ लाई ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’ वा ‘किरात’ नाम मात्रै राख्न नदिने पक्षमा छन् । त्यसका लागि उनीहरूले ‘जनता प्रदेशको नाम होइन विकास चाहन्छन् !’ भन्ने खालको एक खाले भनाइ वा नारालाई अघि सार्दैछन् । उनीहरूले त्यसका लागि बढी से बढी ‘सगरमाथा–कोसी’, ‘सगरमाथा–मकालु’, ‘सप्तकोसी’ नाम दिने पक्षमा तयार होलान् । नभए त उनीहरूका…