प्रतिक इन्नोभेसन्सकाे आयोजनामा अपांगता भएका व्यक्तिहरूका लागि ‘एआई फर डिसएबिलिटी ह्याकाथन’ हुँदै, आवेदन खुला

नेपालमा पहिलोपटक अपागता भएका व्यक्तिहरूका लागि एआई (Artificial Intelligence) समाधान विकास गर्ने राष्ट्रियस्तरको ह्याकाथनको आवेदन खुला भएको छ । एआईडा (AI for People with Disability) ह्याकाथन नाम दिइएको यस कार्यक्रमलाई प्रतिक इन्नोभेसन्सले आयोजना गरेको हो । कार्यक्रमले विद्यार्थी, डेभलपर, अनुसन्धानकर्ता तथा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याई अत्याधुनिक सहायक प्रविधि (Assistive Technology) विकास गर्ने लक्ष्य लिएको छ…