कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले व्यवहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणाली अवलम्बन गर्न जरुरी भएको बताएका छन्। शिक्षालाई जीवन उपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता उनले औँल्याए। वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले समय अनुसार शिक्षा प्रणालीमा…