काठमाडौं, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्ने गरी तयारी गरिएको छ । मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो । भोलि हाम्रोमा शोक बिदा दिइएको छ…