आर्थिक

४ करोड फेला परेको घरबाट प्रहरीले सुनका गहना पनि बरामद



काठमाडौँ महानगरपालिका–२६ गोंगबु स्थित टाउन प्लानिङमा करिब ४ करोड फेला परेको घरबाट प्रहरीले सुनका गहना पनि बरामद गरेको छ । गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । उनले भने, ‘सुनका गहना पनि ठुलो परिमाणमा भेटिएको छ ।’

उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बसपार्कबाट खटिएका अनुसन्धान अधिकृतहरूले रकम र गहनाको तौल यकिन गर्दै छन् । बरामद रकमको सङ्ख्या यकिन गर्न मेशिन मगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनले भने, ‘गणना गर्ने मेशिन मगाएर रकम यकिन गर्दैछौँ।’प्रहरीले सुनका गहना पनि तौलिँदै छन् । सो घरमा ७६ वर्षीय विनोद श्रेष्ठ बस्दै आएका थिए । उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०८२, मंगलबार ००:००