ताजा घटना

कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखाएर लुटपाट गर्ने प्रयास



काठमाडौं, आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को हुन् भन्ने खुलेन ।

बरु सिन्धुलीको तिनपाटन गाउँपालिका घर भएका २५ वर्षीय युवराज आले मगरले आफूलाई लुटपाट गर्ने प्रयास भएको बताए । उनले पेस्तोल देखाएर आफ्नो मोबाइल खोस्न खोजिएको तर प्रतिवादका क्रममा हतियार झरेको बयान दिएका छन् । यद्यपि, प्रहरीले उनको बयानलाई पुष्टि गर्ने अन्य आधार खोजी गरिरहेको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेत भन्छन्, ‘मगर प्रहरीको सम्पर्कमै छन्, हामी सोधपुछ गरिरहेका छौं । प्रहरीले हतियार मगरकै समेत हुनसक्ने आशंका गरेको स्रोतको भनाइ छ ।

प्रकाशित : १९ पुस २०७७, आइतबार ००:००