राजनीति

पूर्वसभामुख महराकी श्रीमतीको कोरोनाबाट मृत्यु



काठमाडौँ, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उहाँकी पत्नी सीताको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । १० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि यही कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौँ ल्याइएको थियो ।

दशैँमा पुख्र्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई यही कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँमा कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षको हुनुहुन्थ्यो । उहाँको पूर्वसभामुख महरासँग २०३५ सालमा विवाह भएको थियो । उहाँको दुई छोरा र दुई छोरी हुनुहुन्छ ।रासस

यो पनि पढ्नुहोस:

काठमाण्डौं, आमालाई ममताकी खानी मानिन्छ भने सन्तानलाई कर्तब्यका उदाहरण । तर भारतमा एक छोराले आफ्नै आमामाथि गरेको घटनाले सबैको जिउ काँप्छ । उत्तर प्रदेशको शाहजहाँपुरमा एक छोराले आफ्नी आमालाई मट्टितेल खन्याएर आगो लगाएका छन् । उपचारका क्रममा ती महिलाको अस्पतालमा ज्यान गएको छ ।

दैनिक भाष्करमा छापिएको समाचार अनुसार, घर छुट्टिने बिषयमा आमा र छोरा बीच विवाद भएको थियो । ती पुरुष बिरुद्ध उनका भाईले उजुर गरेका छन् । कान्छो छोराको उजुरीमा प्रहरीले ज्यान लिने छोराका विरुद्ध मु द्दा दर्ता गरेको छ। यो कुरा जलालाबाद पुलिस स्टेशनको क्षेत्रको हो । यहाँ मोहल्ला नौसरा निवासी ५८ वर्षीया रत्न देवीको आफ्नो छोरा आकाश गुप्तासँग सम्पति बाँड्ने बिषयमा विवाद भएको थियो ।

आइतबार, यस बारेमा आमा र छोरा बीच केही व्यक्तिहरूको उपस्थितिमा एक पञ्चायत भयो । सम्झौता पञ्चायतमा गरिएको थियो । यो घटनापछि छोरा आफ्नी आमासँग रिसाउन थाले । सम्पूर्ण परिवार आइतवार रात सु ति रहेका थिए । कान्छो छोरा किशन गुप्ताले भने कि रातमा मौका पाउने बित्तिकै दाजु आकाशले आमामा मट्टितेल हालेर आगो लगाइदिए ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार ००:००