गृह पृष्ठ

सबै नेताका छोराछोरी सार्वजनिक विद्यालयमा पढ्नुपर्ने, विदेश जान नपाउने



काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको बताएका छन् ।

बिहीबार काठमाडौँ अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टीले यस्तो निर्णय गर्ने तयारी भइरहेको बताएका हुन् । उनले आफ्नो पार्टीका सबै स्थानीय सरकार प्रमुखका छोराछोरी सार्वजनिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय कार्यान्वयन भैसकेको र अब चाँडै केन्द्रीय नेताका छोराछोरीका हकमा पनि सार्वजनिक स्कुल क्याम्पस र विदेश जान नपाउने गरी निर्णय गर्ने तयारी भएको बताएका हुन् ।

म पार्टीको सबैभन्दा ठुलो अध्यक्ष । मेरा छोराछोरी विदेश पढ्न गएका छैनन् । अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौँ’, प्रचण्डको भनाइ छ ।

प्रकाशित : २३ श्रावण २०८२, बिहिबार ००:००