काठमाडौं, राष्ट्रपतिको निजी निवासमा आगजनी भएको छ। राष्ट्रपतिको बोहराटारस्थित निजी निवासमा तोडफोड गर्नुका साथै प्रदर्शनकारीले आगजनी गरका हुन्। जेनजी पुस्ताको प्रदर्शनका क्रममा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरिएको छ ।
राष्ट्रपति पौडेलको बनस्थली बोहोराटारमा रहेको घरमा आगजनी गरिएको हो । प्रदर्शनकारी नाराबाजी गर्दै राष्ट्रपति पौडेलको निजी निवासमा पुगेपछि त्यहाँ सुरक्षार्थ तैनाथ प्रहरीहरूसमेत भागेका छन् । प्रदर्शनकारीले घरभित्रबाट फर्निचर लगायतका सामान बाहिर ल्याएर तोडफोड गरेका छन् । अहिले घर बाहिर फर्निचरमा लगाएको आगो घर भित्रसम्म फैलिने खतरा बढेको छ ।










प्रतिक्रिया