ताजा घटना

भक्तपुरमा सु’तेकै ठाउँमा आमा-छोराको हत्यापछि आ’त्मह’त्या



काठमाडौं, भक्तपुरको म’ध्यपुर थिमि नगरपालिका–६, कु’न्डोलमा तीन जनाको श’व भेटिएको प्रकरणमा श्रीमती र छोराको ह’त्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आ’त्महत्या गरेको हुनसक्ने देखिएको प्र’हरीले जनाएको छ ।

दुई जनाको सुतेकै अवस्थामा धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या गरेर सुदिपले वि’ष सेवन गरी आ’त्महत्या गरेको हुनसक्ने प्रहरीको अ’नुसन्धानले देखाएको हो शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्र’हरीलाई ख’बर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो ।

त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सु’शान्तको श’व भेटिएको थियो । प्रहरीले त्रिवि शिक्षण अस्पताल, म’हाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो ।

त्यसक्रममा सम्झना र सु’शान्तको मृ’त्यु केही दिन पहिले नै भएको पाइएको छ । पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो, भित्तामा समेत रग’तको छि’र्का देखिएको थियो’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको थियो ।’

स्रो’तका अनुसार घरमा रहेको दाउ जस्तो धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको छ । अ’नुसन्धान अ’धिकृतहरुका अनुसार दुवै जनाको शव सडिसकेको अवस्थामा भेटिएको थियो ।

त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको ह’त्या भएको हुनसक्ने देखिएको अ’धिकारीहरुको भनाइ छ । यद्यपि, यसबारे यकिन विवरण पो’ष्टमार्टम रि’पोर्ट आएपछि मात्र प्राप्त हुनेछ ।

स्रो’तका अनुसार अन्तिम तलामा ढोका छेउ मृ’त अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चो’टपटक छैन । उनले वान्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको अ’नुसन्धान अधिकृतहरु बताउँछन् । स्रो’तका अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि छन्, जसमा विषको जस्तो ग’न्ध आएको छ ।

प्र’हरीले प’रीक्षणका लागि खा’नेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार भ¥याङमा कुकुर पनि मृ’त भेटिएको छ । कु’कुरको पनि विषकै कारण मृ’त्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

प्र’हरीका अनुसार एक वर्ष पहिले सुदिपले औषधि पसलमा काम गर्ने गरेका थिए । पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झ’गडा हुने गरेको आ’फन्तहरुले बताएका छन् । छोरासँग पनि उनको झगडा पर्ने गरेको छिमेकीहरुले बयान दिएका छन् ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार ००:००