मुख्य खवर

देश अत्यन्त गम्भीर मोडमा छ सवै एक भएर अगाडी बढाैं : कुलमान घिसिङ



काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको पनि बताएका छन् । देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नुपर्नेमा उनको जोड छ ।

घिसिङले थप भनेका छन्– जेन्जी पुस्ताले सुरु गरेको आन्दोलनको माग र आकाङ्क्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो । सरकारलाई सफलताको कामना व्यक्त गर्दछु ।

प्रकाशित : २८ भाद्र २०८२, शनिबार ००:००