गृह पृष्ठ

आन्दोलनमा मृत्यु भएका परिवारको अस्पतालमा रुवाबासी



काठमाडौं, देशभर भएको आन्दोलनका कारण धेरैको ज्यान गएको छ भने धेरै घाइते पनि भएका छन्। उनीहरूका परिवार यतिबेला अस्पतालमा रुवाबासी गरिरहेका छन्। जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शव अझ पनि परिवारले बुझ्न पाएका छैनन् भने कतिले त हेर्न पनि पाएको छैनन्।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीको तंथ्याक अनुसार पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना, कैदी ९ गरेर ५१ जनाको मृत्यु भएको छ ।

यस विवरणमा अस्पतालमा मृत्यु भएकाको विवरण मात्रै उल्लेख छ । जसमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, वीर अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

सोमबार दिँउसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि जेनजी प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित : २८ भाद्र २०८२, शनिबार ००:००