Breaking News Post

कालीमाटी र कुलेश्वर क्षेत्रको पाँच वटा पुल महानगरले भत्कायो



काठमाडौं, काठमाडौं महानगरपालिकाले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना हटाएको छ । महानगरपालिकाको नगर प्रहरीको टोलीले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना र पक्की पुल समेत डोजर तथा ब्रेकर प्रयोग गरेर भत्काएको हो ।

कालीमाटीबाट बल्खुतर्फ जाने सडकको दायाँबायाँ एक सय मीटरभित्र पर्ने अवैध संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ । नगर प्रहरीले बिहीबार बिहान ११ बजेबाट सुरु गरेको अवैध संरचना हटाउने कार्य जारी छ ।

काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ। स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती पुल भत्काएको हो। महानगरले उक्त क्षेत्रका पाँच पुल भत्काएको हो।

प्रकाशित : ३० श्रावण २०८२, बिहिबार ००:००