नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गर्ने योजना अघि सारेको छ । भारतबाट ग्यास ल्याई आफ्नै भण्डारणगृहबाट उद्यागीलाई वितरण गर्ने योजना निगमको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
निगम प्रवक्ता मुकुन्द घिमिरेले ग्यासको कारोबार थाल्ने योजना अघि सारिएको जानकारी दिए ।
उनले भारतबाट ग्यास आयातको जिम्मा निजी क्षेत्रलाई दिँदै आएकोमा केही समयपछि निगम आफैंले भारतबाट ग्यास ल्याउने र उद्योगीलाई निगमको भण्डारणृगहबाट वितरण गर्नेसमेत बनाएको छ । भण्डारगृह निर्माण भएपछि बोटलिङ प्लान्ट राखेर एनओसी (नेपाल आयल निगम) ब्रान्डमा ग्यास सिलिन्डर बजारमा ल्याउने उनले बताए ।










प्रतिक्रिया