नेपाल किराँत कुलुङ विद्यार्थी संघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भए संगै निवर्तमान अध्यक्षको नाताले संघले नयाँ नेतृत्व पाएको कुरामा हर्षित छु, सर्वप्रथम नवनिर्वाचित अध्यक्ष दिवस होदिबू र उहाँको सम्पुर्ण टिमलाई सफल कार्यकालको शुभकामना व्याक्त गर्न चाहान्छु । हामी रहदा दिवस होदीबू महासचिव रहनुभयो। महासचिव रहदा देखाउनु भएको आफ्नो कुसल कार्यकौशलताले संघलाई निकै टेवा पुगेको थियो नै, अब फेरि अध्यक्षमा रहेर संघलाई थप उचाई दिन सक्नुहुनेछ भन्नेमा म विस्वस्त छु। महाधिवेशन सम्पन्न गर्न सम्पुर्ण किसिमको सहयोग गर्नुहुने सबै प्रति आभारी छौँ ।
२०७९ साल पुस १५ देखि यता गणना गर्दा हामीले ५८५ दिन संघ नेतृत्व गर्ने मौका पायौं, जुन अवधी भर हामीसँग सृष्टि कुमारी ताम्बूछा र फुलमाया बार्षी जस्ता अनुभवी कोषाध्यक्ष, अशोक रेम्निसिङ, सम्झना रिन्हो, हृदय वादीरी, सृष्टि तोमोछा जस्ता उर्जावान उपाध्यक्ष, र सचिव भीषण तोमोछा, अरुना देम्रा, भिमकला सोम्फोरू जस्ता कुशल संगठन पाउनु हाम्रो निम्ति अत्यन्त असल रहयो।साथै सदस्यहरु सिर्जना रीन्हो, राधिका मोरोखू, आशिष वालाखाम, सुजित तोमोछा, बल बहादुर बूक्खो, रमिता गोक्तूलू, फुल कुमारी सोम्फोरू, प्रकाश बुक्खो, झगेन्द्र वादीरी, विपना थीम्रा, सीता रीन्हो, सर्मिला बूक्खो, विलिम होनित्ति, समीप थिम्रा, विशाल होङेलू, केशप रोतेम्बू सबैसबैको साथ र सहयोग पनि अविस्मरणीय छ। सबै प्रति धन्यावादी छौँ।
त्यस्तै हामी रहदा विभिन्न भुमिकामा रहेर सहयोग गर्ने प्रति आभारी छौ। सल्लाहकार, बुद्धिजीवी समाजसेवी अग्रज नेतृत्वहरु कलाकारहरु, सम्पुर्ण विद्यार्थीहरु साथै, विभिन्न जिल्ला कार्यसमितिहरु, इकाइसमितिहरुमा रहेर आफ्नो भुमिका खेल्नुहुने सबैप्रति सधै धन्यवाद व्याक्त गर्छौ । अन्तमा म कुलुङ विद्यार्थी संघको केन्द्रीय कार्यसमितिबाट मात्रै बाहिरिएको हो। नयाँ कार्यसमितिलाई मैले सक्ने सबै किसिमको सहयोग गर्न सदा खुला रुपले प्रतिबद्ध रहेको जानकारी गर्दछु। साथै कुलुङ जातिको भाषिकं, सांस्कृतिक, शैक्षिक लगायत सम्पुर्ण किसिमको पहिचानको आन्दोलनमा हामी संगै नै हुनेछौँ। अन्तमा फेरि नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्याक्त गर्दछु।
ओलोनूव सेवाके
– समिप मान्थेर्बू
निवर्तमान अध्यक्ष कुलुङ विद्यार्थी संघ केन्द्रीय कार्यसमिति ।












प्रतिक्रिया