Breaking News Post

प्रतिनिधिसभा बैठकमा सांसद रघुजी बोल्दा ज्ञानेन्द्रले आपत्ति जनाएपछि लफडा



काठमाडौँ, प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त बोल्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाएपछि लफडा भएको छ । सांसद पन्तले राजसंस्थाको बारेमा बोलिरहेका थिए ।

उनले राजाहरूले गरेका गल्तीहरूका बारेमा बोल्दा राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन भएको थियो । उनले नभएका कुरा बोल्न नपाइने भन्दै आपत्ति जनाउन खोजे पनि सभामुख देवराज घिमिरेले बोल्न दिएनन् ।

तर, उनले आपत्ति जनाइरहेपछि केहीबेर लफडा भएको थियो । सांसद शाहीले बोल्न समय मागिरहे । त्यसपछि सभामुख घिमिरेले भने, ‘मैले तपाइलाई बोल्न दिएको छैन, बोल्न दिएका माननीयज्यूलाई बोल्न दिनुहोस् ।’

त्यसैबिचमा सांसद पन्तले आफूसँग बहस गर्न इतिहास पढेर आउन चुनौती दिए । त्यसपछि केहीबेर लफडा भएपछि सभामुख घिमिरेले केही व्याख्या गरे । उनले भने, ‘घिमिरे नियमावलीको आधारबाट अभिव्यक्ति दिन्छौँ ।

त्यसैका आधारमा सत्य तथ्यमा आधारित भएर बोल्नु भएको छ । कैयौँ मानिसलाई झुटो र बेठिक लाग्न सक्छ । विधिवत ढंगबाट प्रमाणित र खण्डन गर्नुपर्छ । अनुमति दिने नदिने काम गरिएको छ । अन्तिममा पन्तको काटिएको समय सभामुख घिमिरेले थपिदिए ।

प्रकाशित : २ चैत्र २०८१, आइतबार ००:००