मुख्य खवर

जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई अन्तिम बिदाइ गर्न मन्त्रीहरू पशुपतिमा



काठमाडौँ, जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल पशुपति आर्यघाट पुगेका छन् । सहिदलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको हो ।

यसअघि, त्रिवि शिक्षण अस्पतालबाट १० जना सहिदको पार्थिव शरीर नगर परिक्रमासहित एयरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको थियो । यी १० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ भने बाँकी ६ पार्थिव शरीर सेनाको हेलिकप्टरबाट सहिदहरूको जन्मथलो लग्ने आफन्तजनले जानकारी दिएका छन् ।

प्रकाशित : ३१ भाद्र २०८२, मंगलबार ००:००