Uncategorized

समाजसेवि अमृत कुरुम्बाङले जुटाए यति धेरै सहयोग , २,३९,८,२९ रुपैयाँ



असोज १, काठमाडौ

तेह्रथुम। साउन दुई गते फेदाप एक तामेबुङमा काम गर्ने क्रममा अञ्जानमा लडि शरीर भित्र निकै असर र कम्मर देखि मुनी नचले पछि उपचारका लागि बि. एम. सि. अस्पताल झापामा उपचार गराई रहेका तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं. ३ साबिक जल्जले ढारे स्थाइ घर भई हाल फेदाप गाउपालिका वार्ड नं. ५ साबिक ईसिबु २ सिरुवानि मा अस्थाई बसोबास गर्दै आएका
४९ वर्षिय रुपेश निङ्लेकु (सिरुवानी काईला) लाई
देश बिदेश बाट नगद रु , २.३९ .८.२९ दुई लाख उन्चालीस हजार आठ सय उन्तीस रुपैयाँ सहयोग
हस्तान्तरण गरिएको छ।

 

आज झापामा एक कार्यक्रम गरि पीडित रुपेश निङ्लेकु सिरुवाानी काईला लाई प्रिया लिम्बू र सन्च माया मोक्तान लिम्बू
मार्फत उक्त सहयोग हस्तान्तरण गरिएको अभियान्ता अमृत कुरुम्बाङले जानकारी दिनुभयो।

 

पीडित रुपेशको कान्छी बहिनी रिना लिम्बू भन्नू हुन्छ।
नसोचेको सहयोग जुटाई दिनु भयो।
सहयोगी मनका भनि सबैलाई धेरै धेरै धन्यवाद।

उक्त सहयोग लिदै पीडित रुपेश निङ्लेकु (सिरुवानी काईलाले) अभियान्ता अमृत कुरुम्बाङ तथा सहयोगी मनहरु लाई धन्यवाद व्यक्त गर्नु भयो।

लडेर गम्भीर बिरामी भएका पीडितको अहिले बि. एम. सि. अस्पताल झापामा उपचार भईरहेकोछ।

अमृत कुरुम्बाङले विभिन्न खालका बिरामी पीडितको आर्थिक अवस्था हेरि १२ बर्ष अघि देखि निरन्तर सहयोग गर्दै आएको कुरुम्बाङले बताउँनु भयो।

प्रकाशित : १ आश्विन २०८२, बुधबार ००:००