काठमाडौं, अष्ट्रेलियाको एक अदालतले कोभिड–१९ महामारीको समयमा १ हजार ८२० भन्दा बढी ग्राउन्ड कर्मचारीहरूलाई अवैध रूपमा बर्खास्त गरेको मामिलामा क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलर जरिवाना लगाएको छ । बीबीसीका अनुसार, अष्ट्रेलियन ट्रान्सपोर्ट कर्मचारी युनियनले यस निर्णयलाई स्वागत गरेको छ ।
फेयर कर्मचारी एक्ट अन्तर्गत कुनै अष्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना रहेको युनियनले जनाएको छ । संघीय अदालतका न्यायाधीश माइकल लीले यो सजायँ अरू कम्पनीहरूका लागि पनि एउटा उदाहरण बन्ने बताए। क्वान्टास एयरलाइन्सले अदालतले तोकेको जरिवाना तिर्ने प्रतिक्रिया दिएको छ ।
कम्पनीले यस निर्णयले आफ्ना कर्मचारीहरूलाई नोक्सान पुर्याउने कामबापत आफूलाई जिम्मेवार ठहराएको पनि बताएको छ । क्वान्टास ग्रुपकी सीईओ भानेसा हडसनले भनिन्, ‘हामी १ हजार ८२० ग्राउन्ड ह्यान्डलिङ कर्मचारीहरू र उनका परिवारहरूसँग माफी माग्छौं, जसले यो दुःख सहनुपर्यो।










प्रतिक्रिया